You are here
Home > education

नेपाल गणतन्त्र दिवस 2017 google tribute to nepal

nepal-republic-day-2017-6033769608773632-law

गणतन्त्र दिवस ( नेपाल गणतन्त्र दिवस )  दीपावलीसहित तीन दिन उत्सवका रूपमा मनाउन सरकारले सबैलाई अपिल गरे पनि गणतन्त्र नेपालको पहिलो जन्म दिन सैनिक मंचको तारबारभित्र ‘कर्मकाण्ड’मा सीमित रह्यो । जनतामा न कुनै उमङ्ग थियो, न कुनै रौस नै । जनतामा यस्तो निस्पृहता र विरिक्तले, नेपालले गणतन्त्र धान्न सक्दैन भन्दै आएकालाई पुलकित बनायो होला । कतिले, यस्तो उदासीलाई गणतन्त्र जनताको थाप्लोमा जबर्जस्ती थोपरिएको भन्ने आफ्नो कथन पुष्टि गर्ने आधारको रूपमा व्याख्या पनि गरे होलान् । अनि कतिले त एक कदम अगाडि बढेर पुरानो राजतन्त्र नयाा अवतारमा फर्किने ठोकुवा पनि गरे । गणतन्त्र स्थापना पछाडिको राजनीतिक प्रेरणालाई मात्र आधार देख्ने दृष्टिदोष नै यस्तो निष्कर्षको कारक हो । यस्को अर्थ, गणतन्त्र स्थापनाका निम्त्ति राजनीतिक दलहरूले निर्वाह गरेको भूमिका, हतियार बन्द विद्रोह, अनि शान्तिपूर्ण आन्दोलनको योगदान न्यून थियो भन्ने हैन । यस्को अर्थ, विगत सात दशकमा लोकतन्त्र र जनताको सर्वोच्चताका निम्ति भएका संगठित र असंगठित संघर्षले राजतन्त्रको राजनीतिक आधारलाई कमजोर बनाउादै लगेकोलाई बेवास्ता गर्नुपर्छ भन्ने पनि हैन । दरबार हत्याकाण्डले आफ्नो गर्भभित्र राखेकेा गणतन्त्रको भ्रुणलाई राजा ज्ञानेन्द्रको दम्भ र भ्रमले पोषित गरेको यथार्थलाई बेवास्ता गर्नुपर्छ भन्ने पनि हैन । गणतन्त्र स्थापनाका निम्ति यी र यस्ता अन्य असंख्य कारण थिए । तर यी कारण जति महत्वपूर्ण रहे, त्यसभन्दा धेरै महत्वपूर्ण थियो, बितेका सात-आठ दशकदेखि भइरहेको सामाजिक पुनर्गठन । गणतन्त्र स्थापना पछाडिको यस पक्षलाई बुझ्न सकियो भने सहजै भन्न सकिन्छ, पहिलो गणतन्त्र दिवसमा देखिएको उदासी हेरेर प्रकट अभिव्यक्ति एकाङ्गी र सतही विश्लेषण हुन् । राजतन्त्रको आधार र बल सामन्तवादी सामाजिक सम्बन्ध नै हो । सामान्तवादमा अकस्मात् संकट आएको होइन । न त यो फगत राजनीतिक कारणले मात्र आएको हो । यसका अरू पनि धेरै आयाम छन् । हाम्रो राजनीतिक, सामाजिक र आर्थिक जीवनमा आएको परिवर्तनसाग यो निरपेक्ष छैन ।बितेको आठ दशकमा नेपालमा निरन्तर व्यापक सामाजिक पुनर्गठन भएको छ । गएको डेढ दशकका राजनीतिक घटनाले पुनर्गठन प्रक्रियालाई अझ तेज र व्यापक बनाए । मानिसहरूले एउटा वा अर्को प्रेरणाले, एउटा वा अर्को बाध्यताले आफ्नो परम्परागत पेसा छाडे । आफ्नो थातथलो त्यागे । समाजशास्त्री चैतन्य मिश्रको भनाइमा, मानिसले आफ्नै ठाउामा बसेर अर्को पेसा अपनाउादा वा नयाँ ठाउँमा गएर अर्को पेसा अपनाउँदा, घर, परिवार, समुदाय, पिता, पुर्खा, कुल, रीतिस्थितिसागको परम्परागत सम्बन्ध खुकुलो बन्दै गयो । यसको प्रभाव व्यक्ति, घर परिवार, समुदाय हुादै मुलुकको तहसम्म पुग्यो । जनसंख्याको ठूलो हिस्सा गैरकृषि पेसामा प्रवेश गर्नु, करिब एक करेाड जनसंख्या विद्यालय, महाविद्यालयमा रहनु, वैदेशिक रोजगारमा लाखौं जनसंख्या आश्रति हुनु र यस्तेा जनसंख्यालाई राजा हुनु र नहुनुको कुनै अर्थ नहुनु राजतन्त्र समाप्तिको महत्वपूर्ण आधार बन्यो । बढ्दो बसाइासराइ र सहरीकरण, शिक्षा, संचार, भौतिक विकासमा आएकेा परिवर्तन तथा यी र यस्तै असंख्य कारणबाट सामाजिक मूल्य र मान्यता एवं आर्थिक, सामाजिक सम्बन्धमा आएको परिवर्तनले नै गणतन्त्रको जग बसालेको हो । आर्थिक क्रियाकलापमा आएको विविधता अनि विश्वव्यापीकरणका बहुआयामिक प्रभाव गणतन्त्र स्थापनाको आधारभूमि तयार गर्न अर्को मुख्य कारण बन्यो । पछिल्लो समयमा मुखर भएको स्वतन्त्र पहिचानको दाबी, नेपाली पहिचान र नेपालीपनलाई पुनर्परिभाषित गर्नुपर्ने माग, अनि स्वशासन र साझा शासनको आग्रहले नेपाली राजतन्त्रको सामाजिक र सांस्कृतिक आधारलाई धरासायी बनाउादै गणतन्त्रका निम्ति आधार तयार गरिदियो ।यसले पुष्टि गर्छ, नेपालमा गणतन्त्र अकस्मात एक वा दुई घटना या प्रयत्नको प्रभावबाट जन्मिएको होइन । यो त वास्तवमा प्रस्फुटित (इभल्भ) नै भएको हो । नेपालमा भएको व्यापक सामाजिक र आर्थिक पुनर्गठनको पृष्ठभूमिमा स्वाभाविक प्रक्रियास्वरूप गणतन्त्रको जन्म भएको हो । राजनीतिक दलहरूको क्रियात्मक सम्बन्ध र त्यसबाट निःसृत राजनीतिक प्रयास नै गणतन्त्रको एकमात्र कारण भएको भए त्यस्तो सम्बन्धमा आएको फेरबदलले पुरानो अवस्थामा फर्काउने जोखिम बाँकी रहन्थ्यो पनि होला ।नेपाललाई गणतन्त्र बनाउन राजनीतिक र सैन्य दृष्टिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दलहरू गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा भने विचलित र अदक्ष देखिए । गणतन्त्रको चरित्र, प्रकृति र नेतृत्व, बहुदलीय व्यवस्था र राजतन्त्रको प्रत्यक्ष शासनभन्दा गुणात्मकरूपले भिन्न देखिन सकेको छैन । गणतन्त्र नेपालको एक वर्षको यात्रामा, नेपाली नागरिक सुन्दर भविष्यप्रति निश्चिन्त र आश्वस्त हुन सकिरहेका छैनन् । यो सबै सत्य हो । तर फेरि पनि नेपाल गणतन्त्रबाट पुरानो अवस्थामा फर्किन्छ भन्नु चाहिा सम्पूर्ण असत्य हो । सामाजिक र आर्थिक पुनर्गठन पुरानो बाटो हुादै फर्किन सक्दैन ।सही र सुझबुझपूर्ण राजनीतिक नेतृत्व प्राप्त गर्न सकेन भने गणतन्त्रले शिशु अवस्थामा नै अनपेक्षित र अकल्पनीय दुर्घटना ब्यहोर्नु पर्ने हुन सक्छ । नेपाली समाजले गणतन्त्रका सबै आवश्यकता पूरा गर्‍यो तर त्यसैको संगतिमा नेपाली राज्यको गणतान्त्रीकरणको महत्वपूर्ण कार्य सम्पन्न गर्न सक्नु नै हाम्रो मुख्य चुनौती हो । राज्यको गणतान्त्रीकरण स्वतःस्फूर्त हुने हैन । यसका निम्ति सततः राजनीतिक प्रयास चाहिन्छ र यसको नेतृत्व राजनीतिक दलले नै गर्ने हो ।अबको प्रश्न, नेपालले गणतन्त्र थेग्न सक्छ कि सक्दैन भन्ने हुादै होइन । प्रश्न हाम्रो गणतन्त्रको चरित्र र प्रकृति कस्तो हुन्छ अनि कसरी कम क्षति र पीडा सहेर गणतन्त्रलाई परिपक्व बनाउन सकिन्छ भन्ने हो । हाम्रो गणतन्त्रलाई “गनतन्त्र”, “गणपतितन्त्र” वा शक्तिशाली छिमेकी अधीनस्थ “दासगणतन्त्र” हुन नदिएर गतिशीलता र स्थायित्वयुक्त जनताको गणतन्त्र कसरी बनाउने भन्ने नै अहिलेको मुख्य प्रश्न हो । यस्तेा गणतन्त्रको संस्थागत विकास नै राजनीतिक दलहरूको मुख्य कार्यभार हो ।गणतन्त्रको स्थापना नेपाली समाजको सकारात्मक रूपान्तरणका निम्ति अनिवार्य सर्त थियो । यो सर्त पूरा भएकेा एक वर्ष बित्यो । तर गणतन्त्र नेपालको एक वर्षको यात्रा सहज रहेन । यसका निम्त्ति एक अर्कालाई कसुरदार ठहराएर, अर्को वर्षको यात्रा आफै सहज र सुखद बन्न सक्दैन । इतिहासको यस मोडमा, गणतन्त्रकेा राजनीतिक नेतृत्व गर्ने शक्तिहरू आफ्नो युगीन दायित्वप्रति सचेत रहादै नेपाल र नेपालीको सुखद भविष्यका निम्ति आवश्यक नयाँ समझदारी निर्माण गरेर्र नयाा भूमिका निर्वाह गर्न समर्पित बन्न सक्ने हो भने, आउादो वर्षको गणतन्त्र दिवस पक्कै पनि सैनिक मंचको चौघेरामा सीमित रहने छैन । जनताको घर आागनसम्म पुग्ने छ । अनि ठूलो स्वरमा सबैले एकै पटक भनौंला “ह्याप्पी बर्थडे गणतन्त्र !” ।

2 thoughts on “नेपाल गणतन्त्र दिवस 2017 google tribute to nepal

Leave a Reply

Top
error: Content is protected !!